प्रदेश १ : एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद्, केहीबेरमा शपथ

विराटनगर - प्रदेश-१ मा ६ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धन दलहरूबीच भएको छलफलमा तत्कालका लागि मुख्यमन्त्रीसहित ६ जनाको मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
मन्त्रीमा कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा) बाट एक जना मन्त्री हुने भएका छन् । कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, भौतिक पूर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की मन्त्री बन्ने भएका छन् ।
यस्तै माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्रीमा जसपाका जयराम यादव बन्ने भएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाविष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बन्दैछन् । उनीहरुको आजै शपथ हुनेछ ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया