प्रदेश-१ : कानुनमन्त्री कार्कीसहित यी चार जना बन्दैछन् मन्त्री

काठमाडौँ - प्रदेश-१ मा पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धन दलहरूबीच भएको छलफलमा तत्कालका लागि मुख्यमन्त्रीसहित पाँच जनाको मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
मन्त्रीमा कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा) बाट एक जना मन्त्री हुने भएका छन् । कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, भौतिक पूर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की मन्त्री बन्ने भएका छन् ।
यस्तै माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्रीमा जसपाका जयराम यादव बन्ने भएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाविष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बन्दैछिन् । उनीहरुको आजै शपथ हुनेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया