टक्सार विभागमा असर्फी किन्नेको भिड

काठमाडौँ – नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको छ ।
कोटाभन्दा बढी मानिसको घुइँचो देखिएपछि असर्फी लिन पुगेका सर्वसाधारण निराश बनेका छन् । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले यस वर्ष भिडका कारण सुनको असर्फी पाउने आशा मारेको बताए । उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे ।
टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४ सय ३८ रूपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २ सय १९ रूपैयाँ निर्धारण गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दसैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

प्रतिक्रिया