सर्वोच्चमा आज पनि कुनै इजलास बसेन

काठमाडौँ - आज पनि सर्वाेच्च अदालतमा कुनै पनि मुद्दाको सुुनवाइ भएन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीशले तोकेको इजलासहरु बस्न सकेनन् । आज जम्मा ६ वटा इजलास तोकिएका थिए । सोमबार पनि बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ आज पनि स्थगनमा परेका थिए ।
आज न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलास, न्यायाधीशद्व मीरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलास, न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलास, न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलास, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलास तोकिएको थियो ।
त्यस्तै न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको बन्दीप्रत्यक्षीकरण मुद्दाको कैफियत लेखे पनि मुद्दाको अवस्थाबारे सर्वाेच्च अदालतको वेबसाइटमा केही उल्लेख गरिएको छैन ।

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : विदेशमा आँसु, रगत र पसिना बगाउने श्रम…

प्रतिक्रिया