शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

जलवायु परिवर्तनबारे ध्यानाकर्षण गराउन युएन कार्यालय अगाडि प्रदर्शन(फोटो फिचर)

ललितपुर- नागरिक समाजका अगुवाहरुले जलवायु परिवर्तनका कारण देखिएको असरबारे ध्यानाकर्षण गराउन भन्दै प्रदर्शन गरेका छन् । उनीहरुले संयुक्त राष्ट्र संघ (युएन) को नेपालस्थित कार्यालय अगाडि पुल्चोकमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

 उनीहरुले 'विकसित विश्व, तिम्रो विवेकको विकास कहिले', 'देशमै उत्पादित सफा उर्जाको प्रयोग गरौं, खर्बौको पेट्रोलियम पदार्थ आयात बन्द गरौ', 'कोप २६ सेभ प्लानेट, सेभ ह्युम्यानिटी', 'मानव हामी रहौला कहाँ प्रकृति नै नरहे' जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

ग्लास्गोमा कातिक १५ देखि जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) भइरहेको छ । त्यसमा भाग लिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा लण्डन गएका छन् ।