वरिष्ठ अधिवक्ता शाक्यको प्रस्तावः प्रधानन्यायाधीश र न्यायाधीशको वार्तामा बारलाई बोलाऊ

काठमाडौँ- वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको वार्तामा नेपाल बार एसोसिएसनलाई सहभागी गराउन माग गरेका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले जारी राखेको आन्दोलनमा बोल्दै शाक्यले वार्ताको नाममा प्रधानन्यायाधीश राजीनामाबाट भाग्न खोजेको भन्दै कारको उपस्थितिमा मात्र वार्ता गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।
१९ जना न्यायाधीशका तर्फबाट गठित वार्तासमितिले बारलाई सहभागी नगराई प्रधानन्यायाधीशसँग गर्ने छलफलमा बारको बिमति हुने बताए । नेपाल बार एसोसिएसनकी पूर्वउपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सविता भण्डारीले प्रधानन्यायाधीशले भ्रष्टाचारका साथै न्यायीक विचलन गरेको भन्दै राजीनामा दिन आग्रह गरिन् ।
उनले न्यायिक नेतृत्वको राजीनामा नआएसम्म आन्दोलन नरोकिनेसमेत बताइन् । बार एसोसिएसनलाई बाहिर राखेर गरिने कुनैखाले सहमतिमा पनि कानुन व्यवसायीहरूलाइ सह्य नहुने भण्डारीले चेतावनी दिइन् । बारको आन्दोलनमा प्राध्यापक संघबाहेक अरु कसैले पनि ऐक्यबद्धता नजनाएको भन्दै उनले आपत्ति जनाइन् ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया