बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

बैंकिङ ईन्स्टिच्यूटले ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : नेशनल बैंकिङ ईन्स्टिच्यूट लिमिटेडले सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । सञ्चालक समितिको यो प्रस्ताव पुस २७ गते बस्ने १२औं वार्षिक साधारणसभाले पारित गर्नेछ ।

साधारणसभा भर्चुअल माध्यमबाट बस्नेछ । तीन जना सञ्चालकहरुलाई समेत नियुक्त अनुमोदन गर्ने कार्यक्रम छ । सञ्चालक समितिले सनराईज बैंकका सञ्चालक आरती राज्यलक्ष्मी राणा, राष्ट्र बैंकको तर्फबाट तुलसीप्रसाद घिमिरे र स्वतन्त्र सञ्चालक निर्मल दाहाललाई नियुक्ति गरेको थियो ।