सुदूरपश्चिममा बेमौसमी वर्षाका कारण ५ अर्ब बढीको नोक्सान

कैलाली- कार्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण धानखेतीमा सुदूरपश्चिममा मात्रै ५ अर्ब बढीको नोक्सान भएको छ ।
काटेर भित्र्याउन तयार भएको धान बाढीले बगाएपछि किसानलाई ठूलो घाटा लागेको छ। अविरल वर्षा हुनुभन्दा अगाडि भित्र्याइएको र बर्षापछि सुकाएको धान बिक्रीका लागि अहिले कैलाली र कञ्चनपुरका किसानहरु ब्यापारीकोमा धाइ रहेका छन्। तर सरकारले तोकेको मूल्यमा भने उनीहरुले बिक्री गर्न पाएका छैनन् । सरकारको बेवास्ताका कारण किसानहरु सस्तोमा धान बिक्री गर्न बाध्य छन्।
सरकारले तोकेको मूल्य भन्दा झन्डै आधा मूल्यमा व्यापारीहरुले धान खरिद गर्न थालेको किसानहरु बताउँछन । धनगढी उपमहानगरपालिका-७ पटेलाका किसान धन बहादुर चौधरीले सरकारले धान खरिदका लागि अहिलेसम्म स्थान नतोकेका कारण सस्तोमा धान बिक्री गर्न बाध्य भएको बताए ।
सरकारले निर्धारण मूल्य तोक्ने तर खरिद नगर्ने समस्याका कारण किसानहरु जहिलै पीडित बन्दै आएको बेलौरी नगरपालिका-७ कंचनपुरका रामदिन रानाले बताए । उनले व्यापारीहरुले अहिले निकै सस्तोमा धान खरिद गरिरहेको बताउँदै अघिल्लो बर्ष २२ सय रुपैया क्विन्टलमा बेचेको धान यो बर्ष १२ सय देखि १३ सय सम्ममा बिक्री गर्न बाध्य भएको बताए ।
यस वर्ष सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ रुपैयाँ र मध्यम धान दुई हजार ८८५ रुपैयाँ तोकेको छ। तर सरकारी निकायले धान खरिदका लागि अहिलेसम्म स्थान समेत तोकेको छैन । खाद्य व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी निमित्त प्रमुख कल्पना विष्टले अहिलेसम्म केन्द्रबाट धान खरिदका लागि कुनैपनि निर्देशन नआएको बताइन्। उनले केन्द्रबाट निर्देशन नआएका कारण धान खरिदमा समस्या आएको बताइन ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया