दिल्लीका सबै विद्यालयमा पढाइ सुरु

नयाँदिल्ली- भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ ।
कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।
विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।
आधा आधा विद्यार्थी एक एक दिन आलोपालो गरेर विद्यालय बोलाउने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यसैगरी विद्यालय प्रवेश गर्नु अघि प्रवेशद्वारमा तापक्रम नाप्नु पर्ने, हातमा सेनिटाइजर लगाउनु पर्ने, मास्क लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियमहरू पनि लगाइएको छ ।
माथिल्लो तहका विद्यार्थीहरूलाई भने अघिल्लो महिनादेखि नै विद्यालयमै उपस्थित गराएर अध्यापन गराउन थालिएको थियो ।
दिल्लीको प्रकोप व्यवस्थापन प्राधिकरणले नोभेम्बर १ देखि सबै विद्यालयमा सबै विषय पढाइ गराउन अघिल्लो हप्ता सूचना जारी गरेको थियो । (एएनआई)

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया