तिहारमा सुरक्षा व्यवस्था थप कडा पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुत पार्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने अपराधिक घटनाहरुलाइ रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन् ।
बैठकले चाडबाडका बेला भीडभाड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन आग्रह गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । यसअघि पनि भीडभाड नियन्त्रण हुन नसक्दा कोभिड १९ संक्रमण बढेको र अव कोभिडलाई बढ्न नदिन सवै सुरक्षा अंगहरुले उच्च सतकर्ता अपाउने निर्णय भएको पोखरेलले बताए । स्वास्थ्य सर्तकता र संक्रमण बढ्न नदिने बिषयमा नै छलफल केन्द्रित भएको उनको भनाई छ ।
बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगाएत सवै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

प्रतिक्रिया