बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्दै इजलासमा फर्के
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर इजलास बहिस्कार गरेका न्यायाधीशहरू बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्दै सोमबार इजलासमा फर्केका छन् । न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र हेर्ने निर्णय लिएका हुन् ।
न्यायाधीशहरूले सोमबार त्यस्तो मुद्दा सुनुवाई गर्दै आदेश नै जारी गरेका हुन् । जबराले पनि बारको सुझावपछि बन्दीसंबन्धी मुद्दाको इजलास तोकेको र आफूले मात्र मुद्दा नहेरेपछि न्यायाधीशहरू इजलास फर्केका हुन् । बाहिर आएको र भनेजस्तो सहमति नभएको एक न्यायाधीशले इकागजलाई जानकारी दिए ।
प्रधानन्यायाधीशले वार्तामा लगातार आफूले उचित समयमा सम्मानजनक ढंगले मार्गप्रशस्त गर्ने बचन दिएपछि उनीहरुबीच सुनुवाइमा सहभागी हुने या नहुने विवाद भएको थियो ।
भोलि अर्थात मंगलबार पनि बन्दीसम्बन्धी मुद्दाको सुनुवाइमा मात्र सहभागी एक न्यायाधीशले जानकारी दिए । तर, निचोड भनेको प्रधानन्यायाधीशको राजीनामा नै रहेको उनीहरूले बताए । प्रधानन्यायाधीश जबराले आफू बाहिरिन केही समय मागेको भए पनि अझै स्पष्ट भाषामा राजीनामा दिन्छु भनेर भनेका छैनन् ।
‘वर्हिगमनका लागि उचित समय र वातावरण प्रधानन्यायाधीशले माग गर्नुभएको छ । यो भनेको उहाँले कार्यकाल अगावै जाने तयारी अनुरूपको हुनसक्छ,’ एक न्यायाधीशले सुनाए , 'तर अधिकको माग भने प्रधानन्यायाधीशलाई राजीनामा गराउने नै छ ।'
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया