चाडपर्वमा कोभिड फैलनसक्ने जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयमा छलफल

काठमाडौँ – चाडपर्वको समयमा कोभिड–१९ संक्रमण पुनः फैलन नदिने विषयमा सरकारले सरोकारवालाहरूसँग छलफल गरेको छ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल भएको हो ।
चाडपर्वको समयमा बजार तथा सार्वजनिक स्थानमा धेरै मानिसको जमघट हुनेतर्फ सतर्कता अपनाउँदै सरकारले छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न पनि कार्यवाहक प्रधानमन्त्री खाणले सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्रमन्त्री डा. नारायण खड्का, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, मुख्यसचिव शंकरदाश वैरागी सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारीलगायत सहभागी थिए ।
छलफलको क्रममा सरकारी प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूले आफ्नो कार्यक्षेत्रका विषयमा कार्यक्रम तयार गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता पोखरेलले बताए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया