प्रदेश १ मा मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी

काठमाडौँ - प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले दलहरूलाई आव्हान गरेसँगै गठबन्धन दलले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठनकाे तयारी गरेका छन् । मंगलबार मुख्यमन्त्री राजेन्द्र राईसँगै गठबन्धन दलबाट एक, एक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक केदार कार्कीले इकागजलाई जानकारी दिए ।
उनले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक, एक जना मन्त्री बनाउने तयारी रहेकाे बताए । 'माओवादी, कांग्रेस र नेकपा एसबाट एक, एक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएकाे छ,' उनले भने । केन्द्रमा रहेकाे गठबन्धनलाई १ नम्बर प्रदेशमा पनि सक्रिय राखिने उनले बताए ।
साेमबार दिउँसाे मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दलहरूलाई आव्हान गरेका हुन् । दाबी पेस गर्नका लागि मंगलबार १ बजेसम्मकाे समयसीमा ताेकिएकाे छ । गठबन्धन दलका तर्फबाट एकीकृत समाजवादीका ४९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरिसकेका छन् । राई मंगलबार मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । प्रदेश १ मा आचार्य नेतृत्वकाे सरकार ढलेसँगै नेकपा एमाले केन्द्रदेखि प्रदेशसम्म प्रमुख प्रतिपक्षी भूमिकामा पुगेकाे छ ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_KVYOG1IyjU_qxgmq1skn2rjb36iilwca2njcq4pz7mwqpttm7jfkzsydhj0d2dhdchde68f.jpg)
प्रतिक्रिया