कांग्रेसका सांसद भन्छन्- मुख्यमन्त्रीले राजीनामा नदिए हामी अर्काे कदम चाल्छौं

सुर्खेत- कांग्रेसले कर्णालीमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रलाई सरकार छाड्न अल्टिमेटम दिएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेसको माग छ ।
आज कर्णाली सरकारका मुख्यमन्त्री शाहीले राजीनामा नदिए कांग्रेसले अर्काे कदम चाल्न बाध्य हुने प्रदेश सांसद एवं नेपाली काँग्रेसका सचेतक हिमबहादुर शाहीले जानकारी दिए ।
‘सहमतिअनुसार आज मुख्यमन्त्रीले राजीनामा दिएर सत्ता हस्तान्त्रणको लागि मार्गप्रसस्त पार्नुपर्ने हो’ शाहीले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिनुभएन भने हाम्रो संसदीय दलको बैठक बसेर उपयुक्त कदम चाल्छौ ।’
उनले अहिले माओवादीबाट आउने जवाफ कुरीरहेको बताए । ‘अहिलेसम्म माओवादीले एस र नो केही भनेको छैन’, कांग्रेस सांसद शाहीले भने, ‘ एक हातले ताली बज्दैन त्यसैले माओवादीले इमान्दारिता देखाएन भने हामी पनि सोही अनुरुप अघि बढ्न बाध्य हुन्छौ ।’ मुख्यमन्त्रीले राजीनामा नदिएपछि शाहीलाई दिएको समर्थन फिर्ता लिने संकेत देखिएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_MULYYg7Qrp_qpsa4614zqzwjiqhrpr68bu68lbqie4tvxiqo4zsvc3grm0omju0fiqinquc.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया