दाहाल र माधव नेपाल नै दक्षिणपन्थी : रामबहादुर थापा
चितवन – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेपालमा कम्युनिस्ट भनिने केही दलहरू बुर्जुवा शक्तिको पछि लागेको टिप्पणी गरेका छन् ।चितवनको भरतपुरमा सोमबार आयोजित एमाले महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दे थापाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति संकेत गर्दै यस्तो बताएका हुन् ।
उनले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपाल दक्षिणपन्थी बनेको आरोप लगाए । ‘कम्युनिस्ट भनिने नेपालका केही दलहरू बुर्जुवापार्टीको पछि लागेर हिँडेका छन् । दाहालले दक्षिणपन्थी कम्युनिष्ट आन्दोलनको प्रतिधित्व गरेका छन् । माधव नेपाल अर्का दक्षिणपन्थी हुन्,’ थापाले भने, ‘देशी–विदेशी शक्तिको षड्यन्त्रका कारण परमादेशको सरकार बनेको छ । यतिबेला राष्ट्रिय स्वाधीनता रक्षा कसरी गर्ने भन्ने चुनौती आएको छ ।’
देशमा देखिएका चुनौतीको सामना गर्न एमालेमात्र सक्षम पार्टी रहेको थापाको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओली, स्थायी कमिटी सदस्य थापा र सुरेन्द्र पाण्डे सोमबार चितवन पुगेका हुन् । चितवनमा आयोजना हुने एमालेको १० औं महाधिवेशनको आयोजना स्थलको पनि उनीहरूले निरीक्षण गर्ने कार्यक्रम छ ।

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

प्रतिक्रिया