कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने, पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन् । राजीनामा दिनेबारे छलफलका लागि शाहीले सोमबार अपराह्न पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सर्वोच्च अदालतले नेकपाबाट एमाले र माओवादी ब्युँताएपछि तत्कालीन अवस्थामा एमालेका सांसदद्वारा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव हालेका थिए । मुख्यमन्त्री पद जोगाउन कांग्रेसका सांसदहरूले सहयोग गरेका थिए ।
त्यसबेला पद जोगाउन सहयोग गरेका कांग्रेस र तत्कालीन नेकपा एमाले माधव पक्षका नेता (हाल एकीकृत समाजवादी) बीच ११ बूँदे लिखित सहमति भएको थियो । उक्त सहमतिमा ६ महिनापछि कर्णाली सरकारको नेतृत्व कांग्रेसले गर्ने उल्लेख थियो । सोही सहमतिअनुसार सोमबार मुख्यमन्त्री शाहीले राजीनामा दिएर कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने समयसीमा रहेको छ । यता नेकपा माओवादीका सांसदहरूले भने मुख्यमन्त्री शाहीले राजीनामा दिने वा नदिने भन्ने विषयमा बैठकपछि मात्र थाह हुने प्रतिक्रिया दिएका छन् ।

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

प्रतिक्रिया