मुख्यमन्त्रीका आकांक्षी शाही भन्छन्- बाहिर शंका गरिएजस्तो छैन, मुख्यमन्त्रीको राजीनामा आउँछ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्रीका आकांक्षी जीवनबहादुर शाहीले मुख्यमन्त्रीको राजीनामा आउनेमा आफु ढुक्क रहेको प्रतिक्रिया दिएका छन् । आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाएकोले राजीनामा आउनेमा ढुक्क रहेको बताएका छन् ।
काँग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले राजीनामाको विषयमा धोका हुने भनेर बाहिर बजारमा शंका गरिएजस्तो नरहेको बताए । ‘सत्ता हस्तान्तरणको विषयमा धोका हुन्छ भनेर मिडियामा जति हल्ला र शंका उपशंका गरिएतापनि यथार्तमा त्यस्तो अवस्था छैन’ इकागजसँग कुरा गर्दै शाही भन्छन्, ‘राजीनामा आउँछ भन्नेमा म त ढुक्क छु ।’
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का नेता एंव पूर्वमन्त्री अम्मरबहादुर थापाले पनि अबको कर्णाली सरकारको नेतृत्व काँग्रेसले लिनुपर्ने प्रतिक्रिया दिएका छन् । यसअघि भएको सहमतिअनुसार अघि बढ्नुपर्ने उनको भनाई छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उक्त बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ । राजीनामाको विषयमा छलफल हुने भएका कारण पनि आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया