न्यायाधीशहरुले इजलास बहिष्कार गरेको विरोधमा सेतो पट्टी बाँधेर प्रदर्शन
काठमाडौँ- न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको भन्दै वकिललगायतका एक समूहले सेतो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले सुनुवाइ बहिष्कार गरेको विरोधमा उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, हड्तालकारी न्यायाधीशहरुलाई जनताले घिसारेर इजलासमा लानैपर्छ, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला, तर न्यायपालिका होईन, घेराबन्दी बन्द गरौं, न्यायपालिका सुचारु गरौं’ लगायतका प्लेकार्ड प्रर्दशन गरेका थिए । प्रदर्शनमा अधिवक्ता स्वागत नेपालले न्यायाधीशहरु आफ्नो जिम्मेवारी र कानुनी जिम्मेवारी बिर्सेर अदालतलाई बन्दी बनाएको आरोप लगाए । उनले निकै थोरै समयमात्र न्यायाधीशले जनताको लागि काम गर्ने गरेको धारणा राखे ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चमा आन्दोलन भइरहेको छ । सोमबारबाट बन्दीप्रत्यक्षीकरण हेर्न सुरु भएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया