यूरोपेली केही मुलुकले कोभिड नियन्त्रणका लागि पुनः लकडाउन घोषणा

ब्रसेल्स : विश्व समुदायले कोभिड-१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।
केही साता यता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् ।
बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले सुझाब दिएपछि यूरोपेली मुलुकहरूले उक्त विकल्प रोजेका हुन् । बेलायतले महामारी नियनत्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ ।
कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ । सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बड्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रसासनले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको हो ।
यसैगरी कोभिडबाट बढी प्रभावितमध्येको अर्को यूरोपेली मुलुक इटलीमा पनि सोमबारदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष र क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाडलाई महत्व दिइने ती मुलुकहरूमा पर्व र नयाँ वर्षका समय ठूला जमघट र आवागमन हुने सम्भावना रहेको भन्दै यूरोपेली अन्य मुलुकहरूले पनि महामारी नियनत्रणका विभिन्न उपायलाई अवलम्बन गर्ने बताएका छन् । (एएफपी)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया