बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ स्थगन

काठमडौँ- सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ सोमबार स्थगन परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘मार्गप्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै सोमबार ‘बन्दीप्रत्यक्षीकरण’का निम्ति मात्रै छ वटा इजलास तोकिएका छन् ।
जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन् । अनि हरेक इजलासलाई एक-एक वटा बन्दीप्रत्यक्षीकरण मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘बन्दीप्रत्यक्षीकरणबाहेक अरु मुद्दा स्थगित भएका छन् ।’
अर्कातिर प्रधानन्यायाधीशले राणाले ‘सम्मानजनक बहिगर्मन’ वार्ता आह्वान गरेसँगै न्यायाधीशहरूबीच मिटिङ पनि चलिरहेको छ । तर, प्रवक्ता दाहालले कस-कसबीच मिटिङ चलिरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताए ।
त्यस्तै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको निर्णय सुनाउने मिति आज तोकिने भनिए पनि पेसी चढेको छैन ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया