एक लाख नगदसहित १५ जुवाडे पक्राउ

तनहुँ - आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरस्थित क्विन वि रेष्टुरेण्टमा कौडा खेलिरहेका अवस्थामा १५ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले १५ जुवाडे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, विनय गुरुङ, देवेन्द्र सेढाईँ, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गङ्गाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ, पूर्णबहादुर गुरुङ र खड्कबहादुर गुरुङ रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।
उनीहरुबाट एक लाख १३ हजार नगद, १६ थान कौडा बरामद गरिएको छ । पक्राउ परेका विरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयबाट जुवासम्बन्धी कसुरमा म्याद थप गरिएको छ । दिउँसोदेखि लगाताररूपमा ठूलो धनराशिमा कौडा खेलेको गोप्य सूचनाका आधारमा प्रहरीले घर खानतलासी गरेको थियो ।
रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया