सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

जनतामाझ गरेका वाचा पूरा गरेरै छोड्‍छौँ : मन्‍त्री पौडेल

काठमाडौँ - शिक्षा मन्‍त्री देवेन्‍द्र पौडेलले जनतामाझ गरेका वाचा पूरा गरेरै छोड्‍ने प्रतिबद्धता जनाएका छन् । सोमबार नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्‍दै आफू जनताको समृद्धिकै पक्षमा रहेको बताए । राजनीतिक उथलपथलबीच शिक्षा मन्‍त्रालयको जिम्‍मेवारी पाएको बताउँदै मन्‍त्री पौडेलले जनताको बीचमा गरेका वाचा पूरा हुने चरणमा रहेको बताए । 

'राजनीतिक उथलपुथलका बेला मन्त्रालयको जिम्मेवारी पाएको छु । जनताबीच गरेका वाचा पूरा हुन्‍छन्,' उनले भने, 'बुर्तिबाङदेखि ढोरपाटनसम्मको बाटोलाई ६४ करोड रकम बिनियोजन भएको छ । तिहारपछि काम हुन्छ । बाटो पिच गर्ने, पुल बनाउने कुरा र विद्यालय बनाउने कुरामा गम्भीर रूपमा लागेको छु । बागलुङको क्षेत्र नम्बर २ मा डाक्टर नआउने, औषधिको समस्या छ, स्वास्थ्यमन्त्रीसँग कुरा गरेको छु, भौतिक संरचनालगायका विषय बनाउने कुरामा प्रतिबद्ध छु । मन्त्री हुने कुरा मुख्य होइन । म जनताको सिपाही हु ।'