जापानमा धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा तीन नेपाली पक्राउ

जापान- जापानको फुकुओका धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा तीन नेपालीलाई पक्राउ गरेको छ । २४ घण्टा खुल्ने पसलमा काम गर्ने कर्मचारीलाई हतियार देखाएर वियरलगायतका सामान लुटपाट गरेको अभियोग लागेको छ ।
ह्विलचिएरमा रहेका जापानीलाई अभद्र व्यवहार गरी झगडा गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् । उनीहरू एउटै कोठामा बस्ने पनि समाचारमा उल्लेख गरिएको छ । तीन जनामध्ये दुई जनालाई पसलबाट र एक जनालाई भागेको अवस्थामा नजिकैबाट पक्राउ गरिएको हो । समाचारमा तीनै जना नेपालीले आरोप अस्वीकार गरेको बताइएको छ । उनीहरूबारेमा थप अनुसन्धान भइरहेको छ ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया