इलाममा ‘स्रष्टा पार्क’ निर्माण

इलाम - इलामको विकासमा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तित्वको सम्मानमा इलाम नगरपालिकामा स्रष्टा पार्क निर्माण गरिएको छ । कला, साहित्य, राजनीति, पत्रकारिता, खेलकुदका माध्यबाट इलामको विकासमा योगदान गर्नेको सम्मानमा पार्क निर्माण गरिएको हो । पार्कमा उनीहरूको नामाकंन गरिएको छ ।
‘इलाम नगरपालिकालाई अहिलेको अवस्थामा ल्याउनका लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिको सम्मानका लागि पार्क निर्माण गरिएको हो’, इलाम नगरपालिका प्रमुख महेश बस्नेतले भने । इलाम नगरपालिकाले १९ लाख ५९ हजार रूपैयाँको लगानीमा पार्क निर्माण गरेको हो ।
नगरपालिकाले इलाम बजारनजिकैको खोल्सीलाई व्यवस्थापन गरेर विभिन्न संरचना बनाइरहेको छ । सोही क्षेत्रमा पार्क निर्माण गरिएको हो । खोल्सी व्यवस्थापन भएको क्षेत्रमा मोटरसाइकल पार्किङ भवन, कभर्ड हल, तरकारी बजार निर्माण गरिएको छ ।
यस्तै पशुबजार, आँखा अस्पताल निर्माणाधीन छन् । पार्कमा चिकित्सक र नर्सको सम्मानको लागि चिकित्सक र नर्सको प्रतिमासमेत स्थापना गरिएको छ । पार्कको प्रवेशद्वारमा इन्टरलकिङ टायल, परिसरमा नाली, सिँडी, रेलिङ, बगैँचा निर्माण भएको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

प्रतिक्रिया