हवाइ इन्धनमा भएको मूल्यवृद्धि अमान्य : वायुसेवा संघ

काठमाडौँ - नेपाल आयल निगमले हवाइ इन्धनमा एकैपटक अत्यधिक मूल्यवृद्धि गरेकाेमा वायु सेवा सञ्चालक संघ नेपालले आपत्ति जनाएकाे छ । संघले आइतबार वक्तव्य जारी गर्दै हवाइ इन्धनमा भएकाे मूल्यवृद्धिप्रति आफ्नाे गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।
निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाउँदा हवाइ इन्धनमा भने १० रूपैयाँ बढाएको भन्दै संघले असन्तुष्टि व्यक्त गरेको हो । काेभिड संक्रमणका कारण लामो समयसम्म बन्द गर्नुपरेको आन्तरिक तथा बाह्य उडान बिस्तारै लयमा फर्कने प्रयत्न गरिरहेको अवस्थामा इन्धनकाे अप्रत्याशित मुल्यवृद्धिले वायु सेवाहरूलाई अत्यधिक व्ययभार पर्न गएको भन्दै संघले आपत्ति जनाएको हो ।
यस प्रकारको निर्णय गर्नुपूर्व सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक छलफल तथा निष्कर्ष निकालेर मात्र कार्यान्वयन गर्नुपर्ने संघको माग छ ।
संघकाअनुसार हाल छिमेकी मुलुकको तुलनामा नेपालमा हवाइ इन्धनको मुल्य बढी देखिएको छ । सरकारले बजेट वक्तव्यमार्फत आन्तरिक वायु सेवालाई राहत दिने घोषणा गरेको भएता पनि निगमले हवाइ इन्धनमा एकैपटक लिटरमा १० रूपैयाँ मूल्यवृद्धि गर्नु अमान्य रहेको संघद्वारा आइतबार जारी वक्तव्यमा उल्लेख छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

प्रतिक्रिया