औद्योगिक क्षेत्रमा बाढीको प्रभाव मूल्याकंन प्रतिवेदन सार्वजनिक

काठमाडौँ- कार्तिकको पहिलो साता बर्षाका कारण आएको बाढीबाट सुनसरी मोरङ, विराटनगर कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानहरुमा परेको प्रभाव र क्षतिका सम्बन्धमा उद्योग संगठन मोरङले विवरण संकलन गरि बाढी पछिको प्रभाव मूल्याकंन प्रतिवेदन २०७८ सार्वजनिक गरेको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विकास निर्माणका कार्य गर्दा स्थानीय स्तरमा विषेश गरि उद्योग व्यवसायमा पर्ने प्रभावलाई केन्द्रमा राखी गर्नुपर्ने धारणा राख्दै प्राकृतिक प्रकोपबाट उद्योगमा हुने क्षतिको न्युनिकरणका लागी सरोकारवाला निकायको ध्यानाकृष्ट गर्ने उद्देश्यका साथ बाढी पछिको प्रभाव मूल्यांकन गरिएको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले पूर्वाधार निर्माणको क्रममा अध्ययन, विश्लेषणका साथै सम्बन्धित पक्षका साथ गहन छलफल गरि निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने बताउँदै आफनो क्षेत्रमा भईरहेको निर्माणका सम्बन्धमा नागरिकले पनि सम्बन्धित पक्षलाई खबरदारी गनुपर्ने धारणा व्यक्त गरे ।
सुनसरी मोरङ, विराटनगर कटहरी औद्योगिक करिडोरका उद्योगीहरुले अप्रत्याशित रुपमा आएको बाढीले उद्योग व्यवसायलाई पारेको क्षतिलाई राज्यले गम्भीर रुपमा लिई आगामी दिनमा सम्बन्धित सबै सरोकारवाला निकायहरुले पूर्वाधार निर्माणको क्रममा स्थानीय स्तरमा छलफल गरी योजना बनाउनु पर्ने विचार राखे ।
यस्तो छ प्रतिवेदनको सारांश
बाढी पश्चात तत्काल उद्योग संगठन मोरङले पहलकदमी लिई स्थलगत अवलोकन तथा अनलाईनमार्फत तथ्याकं संकलन गरेको थियो । संगठनमा आवद्ध उद्यमीहरुसंग विवरण माग गरिएकोमा ४१ वटा प्रभावित उद्योगहरुबाट विवरण प्राप्त भएको छ । ४१ वटा उद्योगमा २ अर्ब ४७ करोड ८९ लाख आठ हजार बराबरको क्षति भएको छ । जसमध्ये मेसिन औजारमा ९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुमा ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुमा ७६ करोड चार लाख पाँच हजार र सरसफाई तथा फोहोर व्यवस्थापनमा एक करोड ७१ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यसैगरि, बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हुदा स्थिर खर्च, प्रशासनिक खर्च लगायतका खर्चहरु, उत्पादनको अवसर मूल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठुलो व्ययभार थपिएको छ । ४१ वटा उद्योगहरुको दैनिक प्रशासनिक खर्च करिब ५ करोडको हाराहारीमा रहेको छ । बाढीबाट प्रभावित उद्योगहरुमध्ये २७ वटा उद्योगहरु एक हप्तासम्म सञ्चालनमा आउन सकेनन् भने ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगहरुलाई ४ हप्ता र ४ वटा उद्योगहरुलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दा बढि समय लाग्ने भएकोले यस हिसाबले थप हुने खर्च सहजै आँकलन गर्न सकिन्छ ।
सबै भन्दा बढि प्रभावित उद्योगहरु बुढिगंगा गाउँपालिकामा, त्यस पछि क्रमशः दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा रहेको पाइएको छ ।
विश्वव्यापी रुपमा मौसममा भएको परिर्वतन, वातावरण विनाश आदिका कारण बेमौसमी विपत्तिहरुको सामाना गर्नु परिरहेको अवस्थामा कार्तिक महिनामा अप्रत्यासित रुपमा पानी पर्नु, केही घण्टाको पानीले यो तहको क्षति तथा विनाश गर्नु पक्कै पनि प्राकृतिक मात्रै नभएर मानव सृजित समस्या पनि हो ।
मानव सृजित यो समस्याको प्रमुख कारणमा अधिकाशं उद्योहरुबाट पानीको निकासको उचित प्रबन्ध नहुनु, पानी निकासको पहिले भएको संरचना विनाश गर्नु (जस्तो धरान विराटनगर राजमार्गमा पूर्वपश्चिममा रहेका कल्भर्टहरु सबै छ लेनको बाटो बनाउँदा हटाइनु), सडक लगायतका पूर्वाधार निर्माण गर्दा स्थानीय भौगोलिक अवस्थिति र स्थानीय आवाजलाई नजरअन्दाज गरिनु, सडक निर्माणमा अदुरदर्शिता लगायतका कारणहरुलाई प्रमुख रहेको पाइएको छ ।

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रतिक्रिया