प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्चमा तीन निवेदन

काठमाडौँ : सर्वोच्च अदालतमा सरकारको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस र राष्ट्रपतिको अनुमोदनविरुध्द तीनवटा निवेदन पेस भएका छन् । सर्वोच्च प्रशासनले आइतबार परेका निवेदन सोमबारमात्रै दर्ता गर्ने तयारी गरेको छ ।
सर्वोच्च प्रशासनका अनुसार अधिवक्ता कञ्चननकृष्ण न्यौपानेको पहिलो, अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीको दोस्रो र अधिवक्ताद्वय समृत खरेल र सुलभ खरेलको तेस्रो निवेदन परेका छन् ।
तीन वटै निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदन संविधान विपरित भएको जिकिर गर्दै बदर गर्न माग गरिएको छ ।
यो संवेदनशील र अत्यन्तै महत्वपूर्ण विषय भएकाले तत्काल प्रारम्भिक सुनुवाइ गरेर कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेशको माग पनि निवेदनमा गरिएको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया