एमसीए नेपालले माग्यो कर्मचारी

काठमाडौँ– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता कार्यान्वयनका लागि संसदीय अनुमोदनमा ढिलाइ र अनिश्चितता भइरहँदा अमेरिकी सहयोगका परियोजना कार्यान्वयनका लागि स्थापना गरिएको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए), नेपालले कर्मचारी माग गरेको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको विकास समितिका रूपमा रहेको एमसीए नेपालले प्रमुख वित्तीय अधिकृत, सञ्चार विज्ञ र सडक मर्मत आयोजना परियोजना व्यवस्थापक माग गरेको छ । एमसीसी र नेपालबीच सन् २०१७ मा ५० करोड अमेरिकी डलर अनुदान परिचालन गरी उच्च क्षमताको विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नति परियोजना कार्यान्वयन गर्ने सहमति छ ।
उक्त सहयोग परिचालनका लागि एमसीसीले राखेका पूर्व शर्तमध्ये उक्त सम्झौतालाई संसदबाट अनुमोदन गराउने विषय सम्झौता संसदमा दर्ता भएको दुई वर्षदेखि अल्झिरहेको छ । सम्झौता अनुमोदन नभइ एमसीसीले नेपाललाई अनुदान नदिने सम्झौतामा उल्लेख छ । अहिलेसम्म एमसीए नेपालको खर्च नेपाल सरकार आफैंले व्यहोर्दै आएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

प्रतिक्रिया