आइतबार ५१८ जना संक्रमणमुक्त, थपिए ४०८ संक्रमित
देशभर कोभिड संक्रमण हुनेको संख्या बढयो,

काठमाडौँ- देशभर नयाँ कोभिड-१९ संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । आज ( आइतबार) देशभरबाट ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ लाख ९१ हजार ७८७ संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा ४०८ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट ३६७ र एन्टीजेन्ट विधिबाट ३२ जनामा कोभिड पुष्टि भएको थियो । ७ हजार ८९९ जनाको कोभिड परीक्षण गरिएको थियो ।
८ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४९७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ९ हजार ३७६ जना छन् ।
आईसीयूमा २२५ र भेन्टीलेटरमा ७० उपचाररत छन् । होम आईसोलेशनमा ८ हजार ६१५, संस्थागत आईसोलेशनमा ७६१ र क्वारेन्टिनमा २११ जना छन् ।शनिबार देशभरबाट ९११ जना संक्रमणमुक्त भएका थिए र ३७२ जना संक्रमित थपिका थिए ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया