राष्ट्रपति भण्डारीद्वारा बज्रयान बिहारकाे उद्घाटन

बुटवल - राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी ओर्लेकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गरेकी हुन् ।
राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आइपुगेकी थिइन् । लुम्बिनीमा आएपछि राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले त्यहाँ बनेको बज्रयान बिहार उद्घाटन र पूजा गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
त्यसपछि राष्ट्रपतिले मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरूयोजनाको प्रगतिबारे जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकासको गुरूयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले जानकारी गराएका थिए ।
त्यसलगत्तै लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय सभा हलको समेत अवलोकन गरेको सदस्य सचिव शाक्यले बताए । त्यस्तै, नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्नुका साथै शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गरेको र लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिएको सदस्य सचिव शाक्यले बताए ।
शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बाग्मती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा आइपुगेको कोषका सदस्यसचिव शाक्यले बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया