विश्व कुइँकेलको कथा सङ्ग्रह 'सुगन्धपुर' सार्वजनिक
काठमाडौँ- लेखक विश्व कुइँकेलको पहिलो कथा सङ्ग्रह 'सुगन्धपुर' सार्वजनिक छ । शनिबार राजधानीको कुञ्ज नाटक घरमा एक कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरिएको हो । नेपाली समाजका विविध घटना र परिवेशलाई सजिव किसिमबाट उठान गरिएको कथा सङ्ग्रह 'सुगन्धपुर'माथि वक्ताहरुले आ आफ्नो किसिमबाट समीक्षा गरे ।
प्रा.डा खगेन्द्र लुइँटेलले लेखकले आफ्नो जीवन भोगाइका क्रममा देखे सुनेका पात्र र परिवेशलाई सरल किसिमले पाठक सामु पस्कन सफल रहेको उल्लेख गरे । 'समाजमा ब्याप्त अनेक किसिमका उत्पीडिनलाई शब्दका माध्यमबाट पाठक सामु ल्याउन सक्नु लेखकको सबल पक्ष हो ।
विश्व कुइँकेल नेपाली साहित्यमा सुनिने नामहरुमा नयाँ भएपनि कथाहरु अध्ययन गर्दा उनी पुराना झैं मलाई लाग्यो, लेखन शक्ति अब्बल रहेछ 'लुइँटेलले भने । प्रा. लुइटेलले प्रशासनिक क्षेत्रमा रहेका कर्मचारी बचेखुचेको समयमा ब्यर्थ समय कटाउनु दुखद रहेको बताउदै केही कर्मचारी साहित्यको क्षेत्रमा आउनु सुखद रहेको बताए ।
तेसैगरी कार्यक्रममा समालोचक राजन मुकारुङले साहित्य समाजको एना भएको बताउँदै लेखक कुइँकेलको साहित्यक सृजनाको मुक्तकन्ठले किसिमले प्रशंसा गरे । कथाकारले नेपाली परिवेशको विभिन्न कथा समावेश गरेर सङ्ग्रह ल्याउनु सुखद रहेको बताए । ' जुनसुकै साहित्यक सृजना तब अब्बल हुन्छ , जब त्यसभित्र समाजका अनेक पक्षलाई जस्ताको तेस्तै टिपेर अक्षरको माध्यमबाट बाहिर ल्याउन सकिन्छ । लेखकको सवल पक्ष भनेकै यही होऽ'मुकारुङ्ले बताए ।
कार्यक्रममा मानवशास्त्री सचिन घिमिरेले कथाकार कुइँकेलले आफ्नो सृजनाको माध्यमबाट सर्जकले समाज बदल्न सक्ने धारणा राखे । उनले थपे, 'सुगन्धपुर कथा सङ्ग्रह काँठको जनजीवनदेखि नेपालको फरक भूगोलको परिवेश समेटन सफल छ ।
नेपाली समाजमा भए गरेका अनेक किसिमका किस्साहरुलाई रोचक किसिमले बाहिर ल्याउन सक्नु कथाकारको खुबी हो ' घिमिरेले उल्लेख गरे । कार्यक्रममा साहित्यकार विना थिङले पनि 'सुगन्धपुर' कथा सङ्ग्रह नेपाली साहित्यमा पठनयोग्य सामग्री आएको भन्दै खुसी ब्यक्त गरिन\ । फिनिक्स बुकले प्रकाशन गरेको कथा सङ्ग्रह 'सुगन्धपुर'मा १९ वटा कथा समावेश छन् । पुस्तकको मूल्य ३ सय ५० रहेको छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया