माल्दिभसले दिएको २ लाख बढी खोप आज दिउँसो नेपाल आइपुग्ने

काठमाडौँ - माल्दिभ्सले नेपाललाई कोभिडविरुद्धको अष्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । माल्दिभ्स सरकारले उपहारस्वरूप २ लाख १६ हजार खोप उपलब्ध गराउने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप भण्डारण शाखाले जनाएको छ ।
खोप आज (आइतबार) दिउँसो नेपाल ल्याइने शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । उनकाअनुसार १ बजे ल्याइने भए पनि समय परिवर्तन भएकाले केही समय परिवर्तन हुन सक्छ । 'आज जसरी पनि खोप आइपुग्छ,' उनले भने ।
यसअघि छिमेकी मुलुक भुटान, जापान, अमेरिका, चीन र भारतले पनि उपहारस्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराइसकेका छन् । गत वर्षको माघको दोस्रो सातादेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । कोभिसिल्ड खोप भारतले अनुदान स्वरुप उपलब्ध गराएको थियो । पछि चीनले पनि उपलब्ध गराउन थालेपछि भेरोसेल खोप लगाउन थालिएको थियो ।
नेपालमा हालसम्म चीनमा उत्पादित भेरोसेल, भारतमा उत्पादित कोभिशिल्ड, अमेरिकन जोनसन एण्ड जोनसन खोप, जापानले अष्ट्राजेनिका र भुटानबाट ल्याइएको अष्ट्राजेनिका खोप लगाइएको छ । केही साताअघि अमेरिकाबाट फाइजरको खोप समेत ल्याइएको छ । उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई लगाइने भएको छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया