असईं हत्या : कैलालीमा काजमा खटाइए एसपी देउवा

नवराज पनेरु
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) दिलीप देउवालाई खटाइएको छ । दंगा नियन्त्रण प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एसपी देउवालाई सोमबारदेखि काजमा कैलाली खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।
अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज गोविन्द बिकको हत्या भएपछि देउवालाई काजमा खटाइएको हो । उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामवहादुर साउद अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कोभिड-१९ संक्रमण भएपछि काठमाडौंमा छन् । जबरा काठमाडौँ गएपछि प्रहरी नायव उपरीक्षक प्रतिक विष्टलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

तरबूजा खेती गरेरै जिविका चलाउँदै दुई सय परिवार

प्रतिक्रिया