संवैधानिक निकायमा सिफारिस पदाधिकारीको सुनुवाइ नहुने

काठमाडौँ : विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरूको संसदीय सुनुवाइ नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्वित्वविहिन बनेकाले सुनुवाइ नहुने भएको हो ।
सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाइका लागि संसद सचिवालयमा आयुक्तहरूको नाम सिफरिस भएपनि समितिको अस्तित्व नभएका कारण सुनुवाइ नहुने बताए ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समिति भए पनि प्रतिनिधि सभा विघटन भएकाले बैठक बस्न नसक्ने पाण्डेले बताए । संवैधानिक परिषद्को बैठकले गत मसिर ३० गते विभिन्न संवैधानिक निकायमा ४५ जनाको नाम सिफरिस गरेको थियो ।
कहाँ को सिफारिसमा परे ?
अख्तियार
प्रमुख आयुक्तः प्रेमकुमार राई
आयुक्तः जयबहादुर चन्द
आयुक्तः किशोर सिलवाल
मानवअधिकार आयोग
अध्यक्षः तपबहादुर मगर
सदस्यहरू
मनोज दुवाडी
डा सूर्य ढुंगेल
लिली थापा
मिहि ठाकुर
निर्वाचन आयोग
आयुक्तहरू
रामप्रसाद भण्डारी
डा जानकी तुलाधर
वित्त आयोग
सदस्यहरू
जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा
दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरु
मिना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यहरू
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाशवान
आदिवासी आयोग
अध्यक्षः रामबहादुर थापा
सदस्यहरू
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई
मधेसी आयोग
सदस्यहरू
जिवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता
थारु आयोग
सदस्यहरू
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जाअर्सद बेग

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया