नेत्रविक्रम चन्दसँग छलफल भइरहेको गृहमन्त्रीको भनाइ

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्दनेतृत्वको नेकपासँग निरन्तर छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री र चन्दका प्रतिनिधिबीच निरन्तर वार्ता भइरहेको उनले बताएका हुन् ।
गृहमन्त्री खाणले सबै राजनीतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको उल्लेख गरे । चन्द नेतृत्वको नेकपाका नेत तथा कार्यकर्तामाथि लागेका मुद्दा कानुनी प्रक्रियाबाटै फिर्ता लिन र टुंग्याउन तथा बन्दीको रिहाइ प्रक्रियागत रूपमा गर्न गृहकार्य भइरहेको गृहमन्त्री खाणको भनाइ छ ।
महान्यायाधिवक्ता, गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बन्दीको संख्या यकिन गरेपछि उनीहरूमाथि कानुनी अवस्थाबारे अध्ययन भइरहेका बताउँदै गृहमन्त्री खाणले नेकपासँग जारी वार्तालाई अघि बढाउने सन्दर्भमा विषय केन्द्रित भएर छलफल गर्नेमा सरकार सकारात्मक छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार र नेकपाबीच २१ फागुन ०७७ मा तीन बुँदे सहमति भएको थियो । उक्त सहमतिको बुँदा नम्बर तीनमा पार्टीका नेता तथा कार्यकर्ता विभिन्न कारागारमा रहेकाले उनीहरूलाई बिनाशर्त रिहाइ गर्ने उल्लेख छ । हाल आएर सोही बुँदामा सरकार र नेकपाबीच निरन्तर छलफल जारी छ । नेकपाका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले सरकारसँग वार्ताको संयोजन गरिरहेका छन् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया