१५ मिनेटमै फूल चार्ज हुने साओमीको नयाँ फोन

काठमाडौँ - चिनियाँ कम्पनी साओमीले १५ मिनेटमा फुल चार्ज हुने नयाँ फोन सार्वजनिक गरेको छ । साओमीले रेड्मी नोटको नयाँ सिरिज नोट-११ बजारमा ल्याएको हो । कम्पनीले पहिलो पटक चिनियाँ बजारमा रेड्मी नोट ११, रेड्मी नोट ११ प्रो र रेड्मी नोट ११ प्लस गरी तीन मोडलमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
विशेषताहरू
रेड्मी नोट ११ मा मिडिया टेक डाइमेन्सिटी ८१० फाइभजी ओक्टा कोर चिपसेट प्रोसेसर छ । एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित मियूआई १२.५ संस्करणमा चल्ने नोट ११ सिरिजमा पछाडि भागमा चार ओटा क्यामेराको सेटअप छ ।
रेड्मी नोट ११ मा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, आठ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर, समान दुई मेगा पिक्सेलका अन्य लेन्स छन् । फोनको अगाडि भागमा सेल्फी तथा भिडिओ खिच्नका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।
प्रो तथा प्रो प्लस भेरियन्टमा डाइमेन्सिटी ९२० चिपसेट राखिएको छ भने मेमोरीको रुपमा दुवैमा ६ जीबी र्याम तथा १२८ जीबी मेमोरी , ८ जीबी र्याम १२८ जीबी मेमोरी र ८ जीबी र्याम २५६ जीबी मेमोरी गरी तीन ओटा विकल्प छन् ।
१०८ मेगापिक्सेलको मेन क्यामेरा राखिएका यी दुवै मोडेलमा दुवैमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेराको साथमा २ मेगापिक्सेलको टेलिम्याक्रो लेन्स राखिएको छ । साथमा जेबीएलको साउन्ड प्रयोग गरिएको छ ।
१५ मिनेटमा फुल चार्ज
रेड्मी नोट ११ मा ५ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले यूएसबी टाइप सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसलाई कम्पनीले भने ६२ मिनेटमा फूल चार्ज हुने दाबी गरेको छ ।
रेड्मी नोट ११ प्रो प्लसको सबैभन्दा आकर्षक फिचर भनेको यसमा १२० वाट फास्ट चार्जिङ रहेको छ । जसले यसमा राखिएको ४५०० एमएएच क्षमताको ब्याट्रीलाई करिब १५ मिनेटमै फुल चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

प्रतिक्रिया