सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

ओलीलाई साधारण सदस्यबाटै हटाउन सिफारिस

फाइल तस्बिर

काठमाडौं : नेकपाले पार्टीको निर्देशनलाई लत्याउने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको सार्वजनिक भए पनि भित्रि रुपमा भने उनलाई साधारण सदस्यसमेत रहन अयोग्य ठहर गर्दै केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको एक नेताले इकागजलाई जानकारी दिए । 'हामी ओलीलाई अध्यक्ष मात्रै होइन, साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दैछौं,' ति नेताले भने 'उहाँले के गर्नुहुन्छ थाहा छै । उहाँ पहिला नै पार्टी दर्ता गरेर तयारी हालतमा बस्‍नु भएको होला'

अन्तरिम विधान २०७५ को धारा ५६ को विभिन्‍न प्रावधानविरुध्द भएकाले कारवाहीका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । नेकपाले केन्द्रीय कमिटीको बैठक पुस ७ गते काठमाडौंमा बोलाएको छ ।

'प्रतिनिधि सभा विघटन गर्ने कदम स्वीकार्य हुँदैन' नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने 'यसबारे हामी कानुनी उपचार खोज्‍ने छौं ।' ओलीले पार्टी एकतालाई कमजोर पारेको श्रेष्ठले बताए । त्यस्तै नेकपाको बैठकले 'संसद्‍भित्र र बाहिरका दलहरु, नागरिक समाजलाई असंवैधानिक कदमविरुध्‍द लाग्‍न अपिल गरेको छ । ओलीले संसद अधिवेशन बोलाउनुपर्ने बेलामा संसद् विघटन गरेर देशको भविष्य अन्धकारतिर धकेलेको स्थायी कमिटी बैठकको निर्णय छ ।

र, यो पनि

दाहाल-नेपाल समूहका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

प्रधानमन्त्रीको कदम गलत : वामदेव

- ‘नागरिक नेता’को टिप्पणी : महामारीमा भित्रै थियौँ, ओली-भण्डारीले सडकमा निकाल्छन् भने तयार छौँ

संसद् विघटनपछि प्रधानसेनापति थापा जुटे छलफलमा

सरकारका प्रवक्ता गुरुङलाई पूर्वमाओवादी कार्यकर्ताले देखाए कालो झन्डा

- प्रतिनिधि सभा विघटनविरुध्द काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

- विशेषाधिकार प्रयोग गर्ने तयारीमा सभामुख, छलफलमा जुटे

प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिले प्रयोग गरेको धारा ७६ मा के छ ?

- नयाँ निर्वाचनको घोषणा : राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन

प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्चमा रिट

विशेष सम्पादकीय : प्रधानमन्त्रीको सिफारिस दूराशययुक्त, असंवैधानिक र स्वेच्छाचारीयुक्त

०५९ सालमा संसद् विघटन सिफारिस हुँदा राजीनामा दिने ती मन्त्री

प्रतिनिधिसभा विघटन गर्ने सिफारिसविरुध्द अनेरास्ववियू कास्कीको प्रदर्शन

संसद्‍ विघटन प्रस्तावबारे भारतीय मिडियाको टिप्‍पणी : चीन निकट ओली सरकार संकटमा

२० अर्ब खर्च गरेर भएको थियो संसदीय चुनाव

संसद्‍ विघटन प्रस्तावपछि आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति

प्रधानमन्त्रीको कदमविरुध्द सबै दल एकमत

महाअभियोग र अविश्‍वास प्रस्तावबाट आत्‍तिएका ओलीको काठमाडौंमा एक फन्को

प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक : देउवा

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस