शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

काठमाडौँ - चितुवाको छाला र हड्‍डीसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चितुवाको छाला ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शुक्रबार कोहलपुर नगरपालिकास्‍थित सागर गेष्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेकै राप्ती सोनारी गाउँपालिका-९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका-७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँका २८ वर्षीय बसन्त छन् । उनीहरूको साथबाट चितुवाको छाला थान १ र १ किलो ४० ग्राम हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।