न्यायालयको बेथितिबारे गठबन्धनले चाँडै साझा निर्णय गर्छ: दाहाल

जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा देखिएको बेथितिबारे गठबन्धनले छिट्टै साझा निर्णय गर्ने बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले न्यायालयका सम्बन्धमा धारणा सार्वजनिक गर्न ढिला भएको स्वीकार गर्दै गठबन्धनका नेताहरू काठमाडौबाहिर भएकोले बैठक बस्न ढिला भएको बताए । तर उनीहरू आएपछि एक/दुई दिनभित्रै बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने उनले बताए ।
गठबन्धनभित्र देखिएका समस्याबारे पत्रकारहरूको जिज्ञासामा उनले भने, 'गठबन्धनभित्र कुनै समस्या वा राजनीतिक विवाद छैन । सबै दलले आ-आफ्नो अस्तित्व खोजेका हुन सक्छन् । तर, विवाद छैन । आगामी राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले संगै लड्ने उनले बताए ।
वर्तमान सत्ता गठबन्धन आगमी निर्वाचनसम्म टिक्ने दाबीसमेत उनले गरे । अध्यक्ष दाहाले प्रतिपक्षी दलले संविधानको मर्म/भावनाविपरीत अनावश्यक संसद् अवरुद्ध गर्दै आएको टिप्पणी गरे । प्रतिपक्षीको अवरुद्धका बावजूद गठबन्धनले संसद्को गतिरोध अन्त्य गर्ने प्रयास गरिरहेको बताए ।
संसद् सुरु हुनेवित्तिकै अध्यादेशबाट भए पनि नागरिकता र रेल संचालनसम्बन्धी विधेयक अगाडि बढाइने उनको भनाइ छ । विधेयक ल्याउन नसकिए अध्यादेशमार्फत नै भए पनि नागरिकका समस्या समाधान र रेल संचालन प्रक्रिया अघि बढाउने उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया