हिमाल आरोही निर्मल पूर्जाको फिल्म आउँदो महिना नेटफ्लिक्समा

काठमाडौँ - हिमाल आरोही निर्मल पूजाको आरोहणको विषयमा बनेको डकुमेन्ट्री नोभेम्बर २९ तारिखमा रिलिज हुने भएको छ । आरोही पूर्जाले शुक्रबार आफैँ फिल्मको पोस्टर सेयर गर्दै फिल्मबारे जानकारी गराएका हुन् । फिल्म विश्वका १ सय ९१ देशमा रिलिज हुने र ३१ भाषामा अनुवाद हुने निर्मल पूर्जाले जनाएका छन् ।
‘१४ पिक्स : नोथिंग इज इम्पोसिबल’ नाम रहेको डकुमेन्ट्रीमा ७ महिनाको अवधिमा उनले आरोहण गरेका हिमालको कथा समेटिएको छ । ७ महिनाको अवधिमा उनले ८ हजारभन्दा धेरै उचाइका १४ वटा हिमाल आरोहण गरेका थिए । उनले सात वर्ष लगाएर यति नै संख्यामा हिमाल आरोहण गरेका थिए । डकुमेन्ट्रीमा आफैँले बनाएको रेकर्ड भत्काएको कथा पनि समेटिएको छ ।
निर्मल पूर्जालाई पछ्याउँदै बनाइएको डकुमेन्ट्रीलाई टोरक्विल जोन्सले निर्देशन गरेका हुन् । ब्रिटिश आर्मीसमेत रहेका निर्मल पूर्जाका आरोहणसँग जोडिएका अनेक रेकर्ड छन् । उनले ४८ घन्टामा सगरमाथा, ल्होत्से र मकालुको आरोहण गरेर रेकर्ड राखेका थिए । पूर्जाका नाममा जाडो याममा पाकिस्तानको केटु हिमाल आरोहण गरेको रेकर्ड पनि छ ।
पूर्जाले आफ्नो यात्राले अरुलाई पनि प्रेरणा दिने अपेक्षा राखेका छन् । ‘यो एउटा असाधारण अनुभूति हो र यो हरकोही जित हो,’पूर्जाले भनेका छन्, ‘हिमाल चढ्ने हरकोहीको सपना हो र जोकोही यो सपना पूरा गर्न चाहान्छन् । म चाहान्छु १४ वटा हिमाल आरोहण गर्ने मेरो चुनौतीले पहाडलाई प्रेम गर्ने सबैलाई प्रेरित गरोस् । तर योभन्दा बढी म दुनियाँलाई देखाउन चाहान्छु, यदि तपाईँले केही गर्ने मन बनाउनु भएको छ भने तपाईँले त्यो लक्ष्य प्राप्त गर्नुहुन्छ । यसका लागि तपाईँ को हो र कहाँबाट आउनुभयो भन्ने कुराले केही फरक पर्दैन ।’
निर्मल पूर्जाले सन् २०१९ अप्रिल २३ मा अन्नपूर्ण हिमालको आरोहण गर्दै ७ महिने चुनौतीको सुरुवात गरेका थिए । सोही वर्षको मे २२ मा उनले सगरमाथाको आरोहण गरेका थिए । पूर्जाको यही आरोहणको विषयमा लेखिएको ‘बियोन्ड पोसिबल’ शीर्षकको फिल्म पनि प्रकाशित छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया