सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

प्रधानमन्त्री ओलीले गरे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । आइतबार साँझ बालुवाटारमा सुरक्षा निकायका सबै प्रमुखहरूसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् । 

छलफलमा नेपाल प्रहरीका प्रमुख आइजीपी शैलेशकुमार क्षेत्री, प्रधानसेनापति पूर्णचन्द्र थापा, शसस्त्र प्रहरी प्रमुख आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय  अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी छन् । 

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन्। यही अवस्थामा ओलीले सुरक्षा निकाय प्रमुखसँग छलफल गरेका हुन् ।