न्यायालय विश्वासको धरोहर हो, यसलाई मजबुत बनाउने सरकारको इच्छा छ : मन्त्री कार्की
'प्रदेश १ सरकारमा आलोपालो गर्ने विषयमा छलफल हुन बाँकी छ'

विराटनगर - सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले न्यायालय जनताको विश्वासको धरोहर भएको भन्दै त्यसलाई अझ मजबुत बनाउने सरकारको इच्छा रहेको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा ओर्लिएपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले न्यायपालिका स्वतन्त्र भएको बताए ।
‘यो विश्वासको धरोहरलाई अझ मजबुत बनाउने सरकारको इच्छा छ’ सरकार न्यायालयको विषयमा किन बोल्दै भन्ने प्रश्नमा उनले भने, ‘हामी शक्ति पृथकीकरणमा विश्वास गर्छौं, सरकारको आफ्नो भूमिका छ, अदालतको आफ्नो छ, हामी स्वतन्त्र न्यायपालिकाको पक्षमा छौं ।’
कांग्रेसको धारणा १२ जनाले सार्वजनिक गर्ने अवस्था आएको हो त ? भन्ने प्रश्नमा मन्त्रीले कार्कीले भने, कांग्रेसको धारणा सर्वोच्चलाई जुन सम्मानित सर्वोच्च अदालतको स्थान छ, त्यसलाई अझ मजबुत बनाउने र न्यायालयलाई जनताको विश्वासको धरोहरका रूपमा अगाडि बढ्छ, त्यसै अनुसार हामी पनि अगाडि बढ्छौं ।’
मन्त्री कार्कीले गठबन्धनको नेतृत्वमा सरकार अघि बढेकोले मुलुकमा स्थिरता, दिगो विकास र जनताको चाहनालाई पुरा गर्ने बताए । प्रदेश १ सरकारमा आलोपालो गर्ने विषयमा छलफल हुन बाँकी रहेको उनले जानकारी दिए । सरकार ‘अर्ली इलेक्सन’ मा जान चाहेको हो भन्ने संचारकर्मीहरूको प्रश्नको भने मन्त्री कार्कीले जवाफ नदिई मुसुमुसु हाँस्दै बाहिरिएका थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया