इन्भेष्टमेन्ट बैंकको सुकुलढोका र मच्छेगाउँमा काउन्टर

काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको सुकुलढोका र काठमाडौंको मच्छेगाउँ चन्द्रागिरी–९ मा नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ । सुकुलढोका एक्सटेन्सन काउन्टरको बैंकका उपमहाप्रबन्धक विजेन्द्र सुवालले उद्घाटन गरे भने मच्छेगाउँके वडा प्रमुख रामकृष्ण श्रेष्ठ र बैंकको बागमती प्रमुख बरुण श्रेष्ठले संयुक्त रुपमा गरे ।
नवस्थापित काउन्टरले स्थानीय मागलाई पूरा गर्न बैकिङ सेवाहरु प्रदान गर्नेछ र ग्राहकलाई वित्तीय पहुँच तथा वित्तीय साक्षरता विस्तार गर्ने बैंकको उदेश्य रहेको छ ।
बैंकले ८३ शाखा, एक सय २५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखाविहीन बैंकिंग काउन्टरबाट ग्राहकलाई सहयोग प्रवाह गरेको बैंकले जनाएको छ । अनुकरणीय सेवा र व्यवसायका लागि पाँचवटा बैंक अफ इयर अवार्ड पाएको बैंकलाई अन्तर्राष्ट्रिय प्रकाशन यूरोमीबाट ‘बेस्ट बैंक २०१८’ पुरस्कारबाट पाएको थियो ।
यसबाहेक, बैंकले आईसीआरए नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिंग एजेन्सी ( नेपाल) ले बैंकलाई ए को क्रेडिट रेटिंग दिएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया