नवाजुद्धिनले ओटिटीमा रिलिज हुने फिल्म नखेल्ने

मुम्बई - नवाजुद्धिन सिद्धिकीले डिजिटल प्लेटफर्ममा रिलिज हुने फिल्म नगर्ने घोषणा गरेका छन् । उनले डिजिटल प्लेटफर्ममा रिलिज हुने फिल्म देखेर खुसी नभएको बताएका छन् । उनले डिजिटल प्लेटफर्म फोहोर फ्याँक्ने ठाउँ भएको बताएका छन् ।
‘डिजिटल प्लेटफर्म यस्ता सोले भरिएका छन् पहिला त जुन कोही हेर्न चाहाँदैनन् । दोस्रो चाहिँ यस्ता सो आइरहेका छन् जसमा कुनै नयाँ कुरा छैनन्,’ उनले भनेका छन् । नवाजुद्धिनलाई डिजिटल प्लेटफर्मको सुपरस्टान भनिन थालेको थियो । नेटफ्लिक्समा रिलिज भएको ‘सेक्रेड गेम्स’ले भारतमा ओटिटीप्रतिको भरोसा बढाउन ठूलो योगदान दिएको थियो जसमा नवाजुद्धिन सिद्धिकीले उत्कृष्ट अभिनय गरेका थिए ।
उनले ओटिटीमा पहिला जस्तो आकर्षण नभएको पनि गुनासो गरेका छन् । ‘जब मैले सेक्रेड गेम्स गरेको थिएँ त्यतिबेला उत्साह र चुनौती थियो । नयाँ प्रतिभाले मौका पाएका थिए । तर अहिले यसमा ताजापन छैन,’ उनको भनाइ छ, ‘अहिले यो ठूलो प्रडक्सन कम्पनीको कमाउ धन्दा मात्र भएको छ । उनीहरू ओटिटीका लागि फिल्म वा सो बनाइदिने ठेक्का लिएका छन् । संख्याले गुणस्तर सखाप भएको छ ।’सिद्धिकीले यस्ता सो हेर्ने नसक्ने भएको पनि बताएका छन् । ‘यदि म आफैँ हेर्न सक्दिन भने मैले त्यस्ता फिल्म वा सिरिजमा कसरी अभिनय गर्ने,’ उनले प्रश्न गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया