धनगढीमा दुई दिनमा ९ हजार बढीले लगाए कोभिड खोप

कैलाली- धनगढी उपमहानगरपालिकामा दुई दिनमा ९ हजार बढीले कोभिड-१९ को भेरोसेल खोपको दोश्रो मात्रा लगाइएका छन् ।
भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान अन्तर्गत कार्तिक १० र ११ गते ९ हजार ४ सय १९ जनाले दोस्रो मात्राको खोप लगाएको उपमहानगरपालिकाले जनाएको छ ।
१८ वर्षमाथिका पहिलो खोप लगाएका सम्पुर्णलाई खोप लगाइएको हो । खोप अभियानअन्तर्गत आज शुक्रबार पनि फुलबारी स्वास्थ्य चौकीमा भेरोसेलको दोस्रो मात्रा लगाउने कार्यक्रम जारी रहने जनाएको छ ।
कोभिड-१९ विरुद्धको खोप सम्पुर्ण नगरबासीलाई लगाइने बताउँदै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले यो आर्थिक वर्षसम्ममा पुर्ण खोप लगाइसक्ने बताए । उनले खोप लाउन छुटेकाहरूलाई अनलाइन फर्म भर्न अनुरोध गर्दै खोप लाउन आउँदा दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।

अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर गरिने

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

प्रतिक्रिया