लिभरपुलसँगको हार अस्वीकार्य : वायन रुनी
काठमाडौँ- बेलायतको लिभरपुल सहरमा दुई ठूला क्लब छन्, लिभरपुल र एभरटन । वायन रुनी एभरटन एकेडेमीका उत्पादन हुन् । जसले एभरटनको सिनियर टिम र त्यसपछि म्यानचेस्टर युनाइटेडबाट लामो समय खेले । र, पाँच पटक इंग्लिस प्रिमियर लिग च्याम्पियन पनि बने ।
उनै रोनीले युनाइटेडको पछिल्लो लयबारे चिन्ता व्यक्त गरेका छन् । चिन्ताको मुख्य कारण लिभरपुलसँगको हार हो । एभरटन र युनाइटेडसँग लिभरपुलको गहिरो प्रतिद्वन्द्वीता रहेको र मर्सिसाइडको यो क्लबसँग आफ्नो पूर्वटिम हार्दा रुनीको चिन्ता जायज हो ।
हाल इंग्लिस फुटबलको दोस्रो श्रेणीमा रहेको डर्बी काउन्टीको प्रशिक्षक रहेका रुनीले युनाइटेड लिभरपुलसँग ठूलो अन्तरले पराजित हुनु अस्विकार्य रहेको बताएका छन् । गत आइतबार ओल्ड ट्राफोर्डमा लिभरपुल घरेलु टिममाथि हरेक विभागमा हाबी भएको देख्दा दिक्क लागेको पनि बताए ।
‘लिभरपुलसँगको त्यो खेल हेर्न लायकको थिएन । युनाइटेडका धेरै खेलाडी राम्रोसँग दौडिरहेका पनि थिएनन् । न त उनीहरुसँग डिफेन्ड गर्ने इच्छाशक्ति नै थियो । युनाइटेड जस्तो क्लबबाट खेल्ने भएपछि खेलाडीमा अन्तिम समयसम्म लड्ने इच्छाशक्ति हुनै पर्छ,’ रुनीले भनेका छन् ।
युनाइटेडमा भएका सबै खेलाडी अनुभवी र स्तरीय भएको तर उनीहरूको प्रदर्शनले धेरै प्रश्न उब्जाएको पनि रुनीको भनाइ थियो । ‘हारले यी खेलाडीलाई पीडा हुनुपर्छ । उनीहरूले आफैँलाई प्रश्न गर्नु पर्छ, किन यस्तो नतिजा आयो भनेर । सबै दोष प्रशिक्षकमाथि मात्रै थोपर्नु हुँदैन । किनभने खेलाडीहरूको पनि जिम्मेवारी हो, भनेजस्तो नतिजा निकाल्न । उनीहरूलाई लाखौँ तलब दिइन्छ, यसकारण उनीहरूले पनि सोच्नुपर्छ, कसरी टिमको प्रदर्शन सुधार्ने भनेर,’ रुनीले भने ।
रुनीले युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारको बचाउ पनि गरेका छन् । ‘ओलेको स्वभाव हार्न नमान्ने प्रकारको छ । उनी लडाकु हुन् । उनी प्रयासरत छन्, टिमको प्रदर्शन सुधार्नका लागि । हो, उनीमाथि निकै दबाब छ । तर अन्ततः उनले युनाइटेडलाई सहज बाटोमा ल्याउने नै छन्,’ रुनीको भनाइ थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया