कोभिड भएकालाई खोपको ‘साइड इफेक्ट’ धेरै

लन्डन- महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विज्ञहरूले बताउँदै आएका छन् ।
खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्या अझै पनि खोप लगाएको छैन । त्यस्तै अन्य विकसित देशका विज्ञहरूले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सर्न्दभ बेलायतमा खोपको असरबारे एउटा अध्ययन भएको छ ।
अध्ययनअनुसार खोपका कारण स्नायुमा दुर्लभ समस्या उत्पन्न हुनसक्ने र त्यस्तो जोखिम कोभिड भएका मानिसमा बढी हुन्छ ।
राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले बेलायतका ३ करोड २० लाख वयस्कमा सो अध्ययन गरेको थियो ।
अनुसन्धानकर्ताले कोभिडको पहिलो खोप लगाएका र कोभिड पुष्टि भएका मनिसको एक महिनाको स्नायु प्रणालीको तुलनात्मक अध्ययन गरेका थिए ।
जसअनुसार कोभिड भएका व्यक्तिमा खोप लगाएका व्यक्तिमाभन्दा बढी गियांगबारे सिन्ड्रोम (जीबीएस) देखिएको थियो । यो सिन्ड्रोम हुने व्यक्तिको पैतला र हातगोडमा समस्या हुनुका साथै निर्बलता देखिन्छन् । अध्ययन जर्नल नेचर मेडिसिनमा प्रकाशित छ । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया