एमाले बैठकमा घनश्याम भुसालले पठाए असहमति पत्र

काठमाडौँ - नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले असहमति पत्र पठाएका छन् । कोभिड संक्रमणका कारण बैठकमा अनुपस्थित उनले अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटीका सबै सदस्यसमक्ष लिखित पत्र पठाएका हुन् ।
भुसालले पत्रमा १० बुँदे सहमति कार्यान्वयन, विधान महाधिवेशनको समीक्षा र पार्टीको राजनीतिक कार्यक्रमबारे आफ्नो राय उल्लेख गरेका छन् । ‘१० बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस् भन्ने कमरेड अध्यक्षसँग मेरो अनुरोध छ,’ भुसालको पत्रमा भनिएको छ ।
२७ असारमा भएको १० बुँदे एमालेमा कार्यान्वयन नभएको भन्दै उपमहासचिव भुसाल र उपाध्यक्ष डा. भीम रावल अध्यक्ष ओलीप्रति असन्तुष्ट छन् । अध्यक्ष ओलीले १० बुँदेको सान्दर्भिकता सकिएको भन्दै अभिव्यक्ति दिएपछि खासगरी रावल र भुसाल ओलीप्रति असन्तुष्ट बनेका हुन् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया