एमालेको महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने
काठमाडौँ – नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधि १ हजार ५ सय ३६ जना हुने भएका छन् । बिहीबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिए ।
प्रवक्ता ज्ञवालीले भुगोलबाट १ हजार १ सय ९६ जना प्रतिनिधि हुने बताए । उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने जानकारी दिए । यस्तै ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने ज्ञवालीले बताए ।
बिहीबारको स्थायी कमिटी बैठकको निर्णयलाई भोलि (शुक्रबार) बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए । एमालेकाे १० औं महाधिवेशन मंसिरमा चितवनमा आयाेजना हुँदै छ ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया