भीम रावलको राजीनामा स्वीकृत

काठमाडौँ – नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा. भीम रावलको राजीनामा स्वीकृत भएको छ । पार्टीमा १० बुँदे कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले चासो नदेखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए । अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिएका थिए । उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो ।
‘कार्यदल संयोजकबाट भीम रावलले राजीनामा बुझाउनुभएको छ । अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउनु हुनेछ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने ।ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि जानकारी दिए । ‘आवश्यक पर्यो भने स्थायी कमिटीले आवश्यक निर्णय गर्छ । कामलाई अगाडि बढाउँछ,’ उनले भने ।
तत्कालीन अवस्थामा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद मिलाउन दुवैतर्फका पाँच, पाँच जना नेता सम्मिलित कार्यदलले २७ असार राति १० बजे १० बुँदे सहमति जारी गरेको थियो । त्यतिबेला नेपाल पक्षमा रहेका रावलसहित १० नेता सोही १० बुँदेलाई आधार मानेर भदौदेखि एमालेमा आएका छन् ।
तर ओलीले आफूहरूलाई एमालेमा अल्झाउनका लागि मात्रै १० बुँदेको सहारा लिएको भन्दै रावलले पार्टीभित्र असन्तुष्टि जनाउँदै आएका थिए । खासगरी रावलकै असन्तुष्टि सम्बोधनका लागि एक महिनाअघि ओलीले रावलको संयोजकत्वमा १० बुँदे कार्यान्वयन कार्यदल गठन गरेका थिए । कार्यदल गठन गरे पनि आफूले भनेअनुसार नभएको भन्दै रावलले अघिल्लो स्थायी कमिटीको बैठकमा कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए । रावलकाे साेही राजीनामा बिहीबार बसेकाे स्थायी कमिटिकाे बैठकले स्वीकृत गरेकाे हाे ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया